भारतबाट सुदूरपश्चिम फर्किनेको संख्या फेरी बढेको छ । यसअघि असारको तीन सातासम्म फर्किनेको संख्या कम भएकोमा अहिले फेरि वृद्धि भएको हो । कैलालीको त्रिनगर नाका भएरपछिल्लो पाँच दिनमा सुदूरपश्चिम फर्किने क्रम बढेको हो ।
पछिल्लो पाँच दिनमा चार हजार सात सय बढी त्रिनगर नाका भएर फर्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका ,प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । उनका अनुसार असार २५ गते एक हजार तीन सय ४६, २६ गते एक हजार चार सय १०, २७ गते ५ सय ४८, २८ गते ८ सय ६६ र २९ गते ५ सय ९४ जना भित्रिएका छन् ।
भारतबाट फर्किनेको संख्या बढेपछि क्वारेन्टिनमा राखिएकाहरुको संख्या पनि बढेको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ६ हजार एक सय ९१ जना क्वारेन्टिनमा रहेका छन् । अहिले सबैभन्दा बढी डोटीमा एक हजार एक सय ९५ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै कञ्चनपुरमा एक हजार ७८, कैलालीमा एक हजार ३५ जना, बझाङमा नौ सय ४३, बैतडीमा ६ सय ३८ जनालाई क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अछाममा तीन सय ९१, डडेल्धुरामा तीन सय २०, दार्चुलामा दुई सय ९७ र बाजुरामा दुई सय ९४ जनालाई क्वारेन्टिनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार सुदूरपश्चिममा ६१ हजार बढी अटाउने एक हजार पाँच सय ७१ वटा क्वारेन्टिन बनाईएको छ ।
यो पनि पढ्नुहोस्
क्वारेन्टिनमा बसेका सबैको कोभिड–१९ परीक्षण गरिँदै