राउण्ड टेवल नेपालद्धारा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख रुपैया सहयोग
2020/07/15, 6:53
 
pcr

डडेल्धुरामा पीसीआर स्थापनाका लागि राउण्ड टेवल नेपालले एक लाख रुपैया सहयोग गरेको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा  डडेल्धुरामा स्थापना भएको पीसीआर मेसिनका लागि प्रतिबद्धता अनुसार राउण्ड टेवल नेपालले एक लाख रुपैया सहयोग गरेको हो ।

राउण्ड टेबल नेपालका तर्फबाट राउण्ड टेबल अत्तरीया–धनगढीका उपाध्यक्ष आयुष मोहपाल र सदस्य निखिल चौधरीले फाउण्डेसनका अध्यक्ष श्याम तायललाई हिजो एक लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । फाउण्डेसनले पीसीआर मेसिनको स्थापनापछि सहयोग संकलन अभियान बन्द गरिसकेको छ ।  यद्दपि प्रतिबद्धता अनुसारको रकम भने आउन अझै बाँकी रहेको फाउण्डेसनले जनाएको छ ।