समाजसेवी मोहपालद्धारा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख ५१ हजार रुपैया सहयोग
 
pcr

डडेल्धुरामा पीसीआर स्थापनाका लागि समाजसेवी तथा व्यवसायी सत्यप्रकाश मोहपालले एक लाख ५१ हजार रुपैया सहयोग गरेका छन् । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा  डडेल्धुरामा स्थापना भएको पीसीआर मेसिनका लागि प्रतिबद्धता अनुसार समाजसेवी तथा व्यवसायी मोहपालले एक लाख ५१ हजार रुपैया सहयोग गरेका हुन् ।

समाजसेवी तथा व्यवसायी मोहपालले फाउण्डेसनका अध्यक्ष श्याम तायललाई हिजो एक लाख ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । उण्डेसनले पीसीआर मेसिनको स्थापनापछि सहयोग संकलन अभियान बन्द गरिसकेको छ ।  यद्दपि प्रतिबद्धता अनुसारको रकम भने आउन अझै बाँकी रहेको फाउण्डेसनले जनाएको छ ।