
कञ्चनपुरमा मास्क नलगाउने एक सय १९ जनालाई कारबाही गरिएको छ। मंगलवार जिल्लाका विभिन्न स्थानमा मास्क नलगाएर हिडडुँल गर्ने र सवारी साधन चलाउने एक सय १९ जनालाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम एक सय जरिवाना गरिएको प्रशासनले जनाएको छ। मस्क लगाए, नलगाएको नियमित रूपमा चेकजाँच भईरहेको र आवश्यक परेमा कारबाही समेत गरिने भएकोले सम्पूर्ण कञ्चनपुरबासीलाई अनिवार्य रुपमा मास्क लगाउन र जनस्वास्थ्य तथा सुरक्षाका आवश्यक मापदण्ड पूरा गरेर मात्र घरबाहिर निस्किन समेत स्थानीय प्रशासनले पुनः अनुरोध गरेको छ।
यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलवार नै एक सय ५० जना सर्वसाधारणलाई मास्क समेत वितरण गरेको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34