कैलालीको सीमावर्ती कञ्चनपुरमा सलहको ठुलो झुण्ड देखियो (भिडियो सहित) 
2020/07/16, 8:02
 
salah

कञ्चनपुरको पुनर्वास नगरपालिकामा सलह किराको ठुलो झुण्ड देखिएको छ । बिहीबार कैलालीको धनगढी उपमहमानगरपालिकासँग जोडिएको सीमावर्ती कञ्चनपुरको पुर्नवास नगरपालिकाको वडा नम्बर ११ विकास बस्ती क्षेत्र आसपासमा सलहको झुण्डा देखा परेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

1

कृषि बालीलाई सखाप पारी अनिकाल निम्त्याउन सक्ने सलह देखापरेको खबर प्राप्त भएपछि स्थलगत अनुगमनका लागि कृषि ज्ञान केन्द्रको टोलीलाई पठाईएको प्रशासनले जानकारी दिएको छ । प्रशासनले सलहको समूह सो स्थानबाट पश्चिमी दिशातर्फ अगाडी बढेको भन्दै कृषक तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह समेत गरेको छ ।

2

यी फट्याङग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने गर्छन भने एउटा बथानमा झण्डै चारदेखि आठ करोड हुन्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइ दिने विज्ञहरुले बताएका छन । यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोट विरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ । 

3

फोटो तथा भिडियोः गिरीराज भण्डारी