
कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाईते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा बिहिवार राति एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो।

पूर्वबाट पश्चिम तर्फ आईरहेको से १ च १९५० नम्वरको एम्बुलेन्स र पश्चिमबाट पूर्व गईरहेको से २ प ७८३३ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो। मोटरसाइकल चालक गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने २८ बर्षीय अनिल देउवा र मोटरसाइकलमा सवार सोही ठाउँका ३२ बर्षीय ललित बोहरा घाईते भएका हुन्।
उनीहरुको गौरीगंगा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। एम्बुलेन्स र डडेल्धुरा गन्यापधुराका चालक गणेश मल्ललाई नियन्त्रणमा लिएको उनले बताए।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34