वडाध्यक्षका छोरा सहितको समूहद्वारा प्रहरीमाथि आक्रमण, दुई जना घाईते
2020/07/18, 12:09
 
police

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर ७ का अध्यक्षका छोरा सहितको समुहले प्रहरीमाथि आक्रमण गरेको छ । वडा नम्वर ७ का अध्यक्ष भुवन केसीका छोरा र उनको समूहले प्रहरीमाथि ढुगांमुढा प्रहार गरेको हो । ढुंगा प्रहारबाट दुई जना प्रहरी घाईते भएका छन् । बुढीगंगा नगरपालिका ८ को बेतालमाण्डौ बजारमा होटेल संचालन गर्दै आएका व्यापारी पारस रावतलाई स्थानीय युवाहरुले कुटपिट गरेको उजुरीपछि सुरक्षामा खटिएका प्रहरी माथि ढुंगामुढा प्रहार गरिएको हो । 

ढुंगामुढा प्रहारबाट रिठा प्रहरी चौकीका ईन्चार्ज र एक जना प्रहरी जवान गरी दुई जना घाईते भएका छन् । घाईते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक टंकपसाद भट्टराईले जानकारी दिए । होटेल व्यवासाय गर्दै आएका व्यवसायी रावतलाई कुटपीट गरेर फरार भएका बुढीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनसिंह केसीका छोरा दिलिप केसी सहितको समुहलाई प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको बाजुरा प्रहरी प्रमुख प्रहरी भट्टराईले बताए ।

प्रहरीलाई नै आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दान बहादुर रोकायाको कमाण्डमा घटनास्थलमा टोली खटाईएको छ । ढुंगा मुढा गर्ने समूह फरार रहेको र खोजी कार्य भईरहेको भट्टराईले बताए ।