भन्सार छली गरी ल्याईएका हार्डवेयरका सामान तथा युरिया मल बरामद
2020/07/19, 9:19
 
khad

कञ्चनपुरको बेलौरीका बिभिन्न स्थानबाट सशस्त्र प्रहरीको टोलीले हार्डवेयरका सामान तथा भारतीय युरिया मल बरामद गरेको छ । भारतीय क्षेत्रबाट भन्सार छली गरी अवैध बाटो हुँदै नेपाल ल्याई दशगजा क्षेत्रका उखुबारीमा लुकाइ राखेको अवस्थामा ती सामान र युरिया मल बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा दत्त पन्तले बताए ।

शनिबार ५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापा चोकबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्की नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर २ खैरानी नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी २० हजार ९ सय २० मुल्य बराबरको हार्डवेयरका सामानहरु बरामद गरेको हो ।

त्यस्तै, शनिबार ३ बजेतिर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु राना नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखा नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी रु. १८ हजार मुल्य बराबरको १८ बोरा भारतीय युरिया मल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरी बरिष्ठ हवल्दार प्रदीप कुमार कार्की नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाट नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको ३० हजार मुल्य बराबरको ३० बोरा भारतीय युरिया मल बरामद गरेको थियो ।

बरामद गरिएका सबै सामान तथा युरिया मल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट त्रिनगर भन्सार कार्यालयमा पठाइएको छ । ६८ हजार ९ सय २० मुल्य बराबरको जम्मा भन्सार दाखिला गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा दत्त पन्तले जानकारी दिए ।  व्यावसायिक प्रयोजनका लागि भन्सार छली गरी अवैध बाटोबाट माछा, कुखुरा, मलखाद तथा बिभिन्न सामान भित्रिरहेको जनगुनासो बढेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ सेक्टर मातहतका बोर्डर आउट पोष्टहरुले सीमामा थप निगरानी बढाएको उनको दाबी छ ।