एनआईसी एशिया बैंकले ल्यायो सुपर चमत्कारिक कर्जा
2020/07/20, 6:31
 
nic asia

एनआईसी एशिया बैंकले बिभिन्न कर्जामा व्याज दरमा भारी छुट सहितका आकर्षक योजनाहरु ल्याएको छ । सुपर चमत्कारिक नाम दिइएको यो सुविधा सवारी, व्यवसाय र घर कर्जामा लागु हुने एनआईसी बैंकका प्रादेशिक प्रमुख टेकराज भट्टले बताए ।

सुपर चमत्कारिक योजना अन्तर्गत बैंकले ८ दशमलव २५ प्रतिशत व्याजदर तथा शुन्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा उपलब्ध गराईनेछ । एनआईसी एशिया प्रादेशिक कार्यालयद्धारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै  प्रादेशिक प्रमुख भट्टले भने, व्याजदर एक वर्षसम्म परिवर्तन हुने छैन । बैंकका प्रादेशिक प्रमुख भट्टका अनुसार सुपर चमत्कारिक सुपर चमत्कारिक योजना अन्तर्गत घर तथा जग्गा कर्जामा अधिकतम एक करोड ५० लाख रुपैयासम्म उपलब्ध गराईने छ ।

कर्जाको अवधि न्यूनतम पाँच वर्ष अधिकतम ३० वर्ष रहनेछ । गाडी खरीदमा बढीमा दुई करोड रुपैयासम्म कर्जा दिईने भट्टले पत्रकार सम्मेलनमा जानकारी दिए । गाडी कर्जाको अवधि भने बढीमा १५ वर्ष हुनेछ । त्यसैगरी सुपर चमत्कारिक योजना अन्तर्गत व्यवसाय सञ्चालनका लागि एक करोड रुपैया कर्जा उपलब्ध गराईने बैंकका प्रादेशिक प्रमुख भट्टले बताए ।

उनले एनआईसी एशिया बैंकले सुपर चमत्कारिक योजना अन्तर्गत विभिन्न कर्जामा तोकिएको व्याजदर नेपालकै अन्य बैंकभन्दा कम रहेको बताए ।