
अबिरल वर्षासँगै आएको बाढीले बाजुराको ताप्रिसेराको पक्की पुल बगाएको छ । बुढीगंगा नगरपालिका वडा नम्बर २ को बाढीले ताप्रिसेराको घट्टेखोलाको पक्की पुल बगाएको हो । साफे–मार्तडी सडक खण्डमा पर्ने पक्की पुल बगाएपछि आवागमन रोकिएको छ ।

बुढीगंगा नगरपालिका वडा नम्बर २ का अध्यक्ष हिरालाल थापाले आईतबार रातीदेखि परेको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि सडक खण्डको आवागमन समेत रोकिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको बताए । साँफे मार्तडी सडक खण्ड अन्तगरगत पर्ने सो खोलामा निर्माण गरिएको पुल करिव २० मिटर लम्बाई रहेको थियो । पुल ३ वर्ष अघि निर्माण गरिएको थियो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44