
भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुराको भातकाँडामा सवारी दुर्घटना हुँदा दुई जना घाईते भएका छन । वुधबार दिउँसो २ बजेतिर धनगढीबाट बझाङतर्फ जाँदै गरेको से १ ज १०२१ नम्बरको जीप र डडेल्धुरादेखि धनगढीतर्फ जाँदै गरेको से २ त २२७८ नम्बरको ट्याक्टरले डडेल्धुरादेखि धनगढीतर्फ जाँदै गरेको से १ प ७१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन ।

दुर्घटनामा दुवै सवारीको बिचमा परी मोटरसाईकल चालक बैतडीको पाटन नगरपालिका– १० का ३५ वर्षीय लक्ष्मण चन्द र मोटरसाईकलमा सवार सोही ठाउँका अन्दाजी ३४ वर्षीय रमेश चन्द घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाईते दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र सवारी तथा सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15