
बाजुराको बुढीगंगा नगरपालिकामा आगजनी गरिएको छ । नगरपालिकाको लेखा शाखामा आगजनी गरिएको बाजुरा प्रहरीले बताएको छ । शनिबार राती आगजनी गरिएको मेयर दिपक शाहले बताए ।

रातीको समयमा अज्ञात समूहले लेखा फाँटको झ्याल फोडेर पेट्रोल छर्किएर आगजनी गरेको उनले बताए । उनका अनुसार लेखामा राखिएका फाईलहरु जलेर नष्ट भएको छन् । प्रहरीका अनुसार क्षतिको विवरण तयार भएको छैन ।
आगो लगाउनेको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी दानबहादुर रोकायाले बताए । गत वर्ष पनि नगरपालिकमा विद्युत सर्ट भएर आगो लागेको थियो ।
