
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कुटपिट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार शुक्लाफाँटा नगरपालिका ८ का नारद ठगुन्ना सहितको समूहले वडाध्यक्ष महरामाथि कार्यालयमै कुटपिट गरेका थिए ।

पक्राउ पर्नेमा सोही ठाउँका नारद ठगुन्ना, विनोद ठगुन्ना, बसन्त ठगुन्ना, मानसिँह ठगुन्ना, नविन ठगुन्ना र आनन्द ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानएको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिटको नेतृत्व गरेका नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाले भने छलफलका लागि वडामा जाँदा अध्यक्ष महराले दुव्र्यवहार गर्दै आफूलाई डस्टर प्रहार गरेकोले आफूले पनि हातपात गरेको बताएका थिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/27, 2:49
2020/08/24, 9:32
2021/02/07, 11:02
2022/08/21, 4:21