
कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । बौनियामा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले स्थानीयको अवरोधपछि गन्तव्यका लागि हिडेका सवारी साधन बौनियामै रोकिएको जनाएको छ । बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको थियो ।
उनी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय हुन् । ट्रक र चालक सुर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शव घटनास्थलमै रहेको बताउँदै प्रहरीले मुचुल्का बनाएर उठाईने जनाएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/27, 2:49
2020/08/24, 9:32
2021/02/07, 11:02
2022/08/21, 4:21