सुदुरपश्चिम कोरोना भाईरसरको हटस्पट बन्दै गएको छ । प्रदेशभरीमा सवैभन्दा वढी संक्रमित कैलाली जिल्लामा रहेका छन् । प्रदेशभरी चार हजार दुई सय २६ जना संक्रमित रहेकोमा कैलालीमा मात्रै नौ सय ९३ जना संक्रमित रहेका छन् । यो कुल संक्रमितको साढे २३ प्रतिशत हो । यस्तै कैलाली जिल्लामा चार जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । दुई जना महिला र दुई जना पुरुषको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसमा दुई जनाको जिल्लाभित्रै र दुई जनाको अन्य प्रदेशमा कोरोनाका कारण मृत्यु भएको छ । त्यसमा धनगढी उपमहानगरपालिकाकी एक महिला, अत्तरियाका दुई पुरुष र लम्कीकी एक जना महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा डाईलासिस गर्ने क्रममा धनगढी वडा नम्बर ४ की महिलाको मृत्युपछि भएको थियो भने अत्तरिया वस चालक तथा मालिकको पनि सेतीमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसैगरी लम्कीकी महिलाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा र अत्तरियाका पुरुषको चितवन मेडिकल कलेजमा कोरोनाका कारण मृत्यु भएको थियो ।
सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको कैलालीमा संक्रमितको संख्या एक हजार नजिक पुगेको छ । कैलालीमा प्रदेशमै सबैभन्दा बढी नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश सरकारले कोरोना अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आईसोलसन भने विगत छ दिनदेखि खाली रहेको छ ।
सुदुरपश्चिममा पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर घटेको जस्तो देखिए पनि केही जिल्लामा भने समुदायस्तरमा संक्रमण फैलिएको चिकित्सकहरूको अनुमान छ ।