
डडेल्धुरामा विषालु च्याउ खाँदा बालकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो ।

धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि सेती अस्पतालमै राखिएको छ । यस्तै च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदी बहिनी बिरामी परेका छन् ।
उनीहरुको पनि सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15