
बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब सिंहराज गिरी माथि आक्रमण भएको छ । आइतवार राति डिउटीमा रहेका बेला स्थानीय युवाहरुको समूहले कुटपिट गरि गम्भिर घाइते नाएका हुन्। बुढिनन्दा नगरपालिका ६ केसर भाट सहितको टोलीले उनीमाथि सांघातिक आक्रमण गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।

राति डिउटीमा रहेको बेला चेकजाँच छ भनेर गिरी भएको ठाँउमा आएर उनी माथि आक्रमण भएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजुराज जैशी जानकारी दिए। गिरीको दाँया हात भाचिएको छ। उनको थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको जैशीले बताए।
गिरी माथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले नियन्त्रण लिई सदरमुकाम मार्तडी ल्याउदै गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रबक्ता दान बहादुर रोकायाले बताए।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15