ट्रकको ठक्करबाट युवतीको मृत्युः दिनभर सडकमा राखिएको शव साँझ उठ्यो, अवरुद्ध सडक सुचारु
2020/07/27, 7:59

कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी एक युवतीको शव सोमवार साँझ उठेको छ । दिनभर सडकमा राखिएको शव साँझ उठाईएको हो । मृतकका आफन्तहरु आएपछि सडकमा रहेको शवलाई साँझ ६ बजेतिर पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।

शव सडकमै राखिएका कारण अवरुद्ध भएको पुर्व पश्चिम राजमार्ग साँझदेखि सुचारु भएको छ । शव उठेपछि अवरुद्ध राजमार्ग सुचारु भएको हो ।
यसअघि दिउँसो शव उठाई यातायत संचालन गर्न प्रहरीले बल प्रयोग गर्न खोज्दा प्रहरी र स्थानीय बिच भडप समेत भएको थियो ।
प्रहरीले स्थितिलाई सामान्य पार्र्न लठ्ठीचार्ज गर्दै अश्रुग्यास समेत प्रहार गरेको थियो । सोमबार बिहान ना ६ ख ३३४० नम्बरको ट्रकको ठक्कर २६ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15