हुलाकी सडकः पहिलो चरणको दुई किलोमिटर सडक निर्माण प्रक्रिया अघि बढेन
2020/07/28, 9:35
 
ban sadak

शेरबहादुर ऐर– कैलालीको हुलाकी सडक आयोजना अन्र्तगतको पहिलो चरणको दुई किलोमिटर सडक निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । वन विभागले अघिल्लो वर्ष साउन १३ मा दोस्रो पटक पेश गरिएको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरे पनि थप प्रक्रिया डिभिजन वन कार्यालय धनगढीले अघि नबढाउँदा काम अघि बढ्न नसकेको जनाइएको छ ।

विभागले अघिल्लो वर्षको साउन १९ गते हुलाकी सडक योजना कार्यालयलाई पत्राचार गर्दै दोस्रो पटक बुझाईएको प्रतिवेदन स्वीकृत गरिएको जनाएको थियो, तर त्यसपछिका आवश्यक प्रक्रिया थाल्न भने डिभिजन वन कार्यालय धनगढीले ढिलाई गरेको छ ।’ हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी पदम मडैले भने–रुखहरुमा नम्बरिङ गरिसकिएको छ, र हामी कटान आदेश पर्खिरहेका छौं ।’

उनले वन कार्यालयले आवश्यक प्रक्रिया अघि नबढाएको गुनासो गरे । उनका अनुसार गत वर्ष फागुन १० गते नम्बरिङ गर्न आदेश आएपछि ११ गतेदेखि सर्वे गरिएको थियो । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार बसन्ता करिडोर क्षेत्रको दुई किलोमिटमा सडक विगतमा ३० मिटर चौडा सडक निर्माण गर्न भनिएकोमा परिमार्जन गर्दैै १२ मिटर तय गरिएको थियो । सो प्रतिवेदन अनुसार सडक क्षेत्रको १८ मिटर चौडाई घटाएपछि विगतमा चार सय एक रुख काट्नुपर्नेमा अहिले एक सय २१ वटा रुख मात्रै काट्नु देखिएको छ ।

रुख कटान आदेशका लागि संघीय वन मन्त्रालयले आदेश दिनुपर्ने भए पनि आवश्यक प्रक्रिया सुरु गरिएको छैन ।’ उनले भने । सो क्षेत्रमा वन्यजन्तु ओहोरदोहोरका लागि ओभर ब्रीज र अन्डर ब्रीज बनाईए मात्रै राजमार्ग निर्माणको कार्यलाई अगाडी बढाउन दिने डिभिजन वन कार्यालय कैलालीले अडान लिएको थियो । 

हुलाकी सडक आयोजनाका एक कर्मचारीले भने– वैज्ञानिक वनका नाममा धमाधम डिभिजन वन कार्यालयले रुख कटान आदेश दिइरहेको छ । तर, राष्ट्रिय गौरवको आयोजनाको निर्माणमा वन नै बाधक बनेको छ । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले नम्बरिङ लगायतका सम्पूर्ण काम भइसकेको र विभागमा टीप्पणी आदेश पठाउने प्रक्रियामा रहेको बताए । उनले विभाग मार्फत मन्त्रालयमा सो टिप्पणी आदेश जाने बताए । उनले भने– लकडाउनका कारण टिप्पणी आदेश पठाउन सकिएको थिएन । विगतमा वन कार्यालयले बसन्ता जैविक मार्ग वन्यजन्तुका लागि संवेदनशील क्षेत्र भएकाले वन्यजन्तुमैत्री संरचना निर्माण गर्ने अडान कायम राख्दा काम ठप्प रहेको थियो ।

बसन्ता जैविक मार्ग भारतको दुधवा नेसनल पार्कसँग जोडिएको छ । दुधवा नेसनल पार्क हुँदै नेपालको बसन्ता वन, चुरेसम्म वर्षको दुई मौसममा हात्ती, बाघ तथा अन्य प्रजातिका वन्यजन्तु ओहोरदोहोर गर्दै आएको छन् ।  हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी मडैका अनुसार वन्यजन्तुमैत्री संरचनाका लागि डिपिआर गरेर प्रतिवेदन पठाइसकिएको छ । सो प्रतिवेदनमा बन्यजन्तुमैत्री संरचना बन्ने स्थान पनि तोकिएको छ । तर, सो प्रतिवेदन पनि अहिलेसम्म भएको छैन । 

हुलाकी सडक निर्माण सुरु भएको १० वर्ष हँदा पनि बसन्ता करिडोरमा देखिएको अन्यौलकै कारण काम अगाडी बढ्न सकेको थिएन । अहिले सो अन्यौल्य हटिसकेकाले अन्य प्रक्रिया थाल्दै निर्माणलाई तिव्रता दिनुपर्ने सुझाव दिइएको छ ।

सडक चौडा बनाउन सुरु
कैलालीको धनगढीदेखि टीकापुरको सत्तीसम्मको ४४ किलोमिटर हुलाकी सडक स्तरोन्नति गर्ने कार्य अघि बढेको छ । हुलाकी सडक आयोजना कार्यालय अन्र्तगत सडक स्तरोन्नतिका लागि ठेक्का भइ निर्माण कार्य अघि बढिसकेको जनाएको छ । हुलाकी सडक स्तरोन्नति अन्र्तगत क्याम्परोडदेखि तीन किलोमिटर चार लेन बनाइने छ भने अन्य ४१ किलोमिटर सडकलाई दुई लेनका रुपमा स्तरोन्नति गरिने छ ।

हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी मडैले भने–चार चरणमा ठेक्का गरिएको छ ।’ क्याम्पसरोडदेखि कनरीसम्म ३७ करोड, कनरीदेखि फूलबारीसम्म ३२ करोडको सम्झौता भएको छ । यस्तै, कान्द्रा नदीदेखि सत्तीसम्म ३२ करोड ६२ लाखमा सम्झौता गरिएको छ भने फूलबारीदेखि कटैनीसम्म २७ करोड ९६ लाख ७५ हजारमा सम्झौता गरिएको जनाइएको छ । यी सबै सडक तीन वर्षभित्र सम्पन्न गर्ने गरी शौचन्दा जोशी जेभीले ठेक्का सम्झौता गरेको छ ।  

हुलाकी सडक कार्यालयका सूचना अधिकारी मडैले भने–निर्माण कम्पनिले कार्य अघि बढाउन अहिले सर्वे गरिरहेको छ ।’ उनले हुलाकी सडक अलकत्रा प्रविधिमा निर्माण गरिने बताए । अहिलेको हुलाकी सडकभन्दा नया“ प्रविधिबाट काम हुने छ ।’ उनले भने । धनगढीको क्याम्पस रोडदेखि कटैनीसम्मको ३१ किलोमिटर हुलाकी सडकको चौडाई अहिले जम्मा तीन दशमलव ७५ किलोमिटर रहेको छ । अहिले नेपाल सरकारबाट निर्माणाधीन हुलाकी सडकको चौडाई सात मिटर रहेको छ ।  

प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको नेतृत्वको टोलीले सो सडकको डिपिआर तयार गरेको थियो ।’ मडैले भने सोही आधारमा सडकको चौडाई बढाउने भनि मंसीरमा बोलपत्र आह्वान गरिएको थियो ।’ उनका अनुसार बोलपत्र मंसीरमै जारी गरिएपनि सम्झौता भने असार ३० गते मात्र भएको थियो । उनले भने–पुरानो सडकलाई पनि अलकत्रा प्रविधि मार्पmत नै स्तरोन्नति गरिने छ । जबसम्म एक साईडको सडक निर्माण हुदैन पुरानो सडकलाई निर्माण कम्पनीले मर्मत गर्ने काम गर्ने छ ।’

सडक उप्किन थाल्यो
कैलालीको धनगढीदेखि कैलारी गाउँपालिका जोड्ने हुलाकी सडकको कालोपत्रे ठाउँ–ठाउँमा उप्कदै गएको छ । हुलाकी सडक अन्तर्गत कैलालीको धनगढी क्याम्पसरोडदेखि कटैनीसम्मको सडक सम्बन्धित कार्यालय (सडक डिभिजन कार्यालय) लाई हस्तान्तरण नहुदै ठाउँ ठाउँमा कालोपत्रे उप्किदै गएकोे छ । सो सडकखण्डमा रहेका केही कल्भर्टमा चिरा समेत परेका छन् । कतिपय कल्भर्टमा चिरा परेर ढलानको सरिया (फलामे छड) बाहिर निस्केको छ । कल्भर्टबाट निस्केका सरियाका कारण सवारी साधन चलाउन समेत निकै कठिनाई हुने गरेको चालकहरुले बताएका छन् । सो कल्भर्टमा चिरा परेर निस्किएका सरीयाका कारण सो क्षेत्रमा दैनिक दुर्घटनाको जोखिम बढेको छ’ स्थानीय रुपमा तामाङले बताइन् । 

2

धनगढी फूूलबारी सडक खण्डमा पहिलोपटक यात्रा गर्ने सवारी चालकलाई झनै सास्ती हुने गरेको धनगढी वडा नम्बर १५ का कलह चौधरीले बताए । उनले भने– धनगढीबाट फूलबारी–हसुलियातर्फ आउने यात्रुले ठाउँ ठाउँमा भत्किएका सडकका कारण निकै कष्ट भएको दुखेसो गर्ने गरेका छन् ।  हुलाकी सडक कार्यालयले गत भदौमा सो सडक मर्मतका लागि एक निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । 

हुलाकी सडक डिभिजन कार्यालयले ३१ किलोमिटर लामो सडक मर्मतको लागि ४० लाख रुपैया बजेट विनियोजन गरेकोमा २४ लाख ५८ हजार चार सय रुपैयाँमा ठेक्का स्वीकृत गरेको थियो । ठेक्का पाएको निर्माण कम्पनीले पिच उप्केका ठाउँमा मर्मत गरेको हुलाकी सडक आयोजनाले जनाएको छ । पिच उप्केका ठाउँमा निर्माण कम्पनीले मर्मत गरेको थियो । तर, अहिले पुनः अन्य स्थानमा पिच उप्कने क्रम रहेको छ ।’ आयोजना कार्यालयका सूचना अधिकारी पदम मडैले भने ।

गत भदौमा सडक मर्मताका लागि दुई चरणमा ठेक्का गरिएको थियो । क्याम्पसरोडदेखि फूलबारीसम्मको १५ किलोमिटर सडक मर्मतका लागि १२ लाख ६२ हजार नौ सय तथा फूलबारीदेखि कटैनीसम्मको सडक मर्मतका लागि ११ लाख ९५ हजार पा“च सय रुपैया“मा ठेक्का सम्झौता गरिएको थियो ।