
कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेकी छिन् । गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया बिवाहित युवती लक्ष्मी साउद मृत फेला परेकी हुन ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले नहर किनारमा रहेको झाडीमा उक्तानो अवस्थामा शव भेटिएको बताए । ‘११ गतेदेखि उनी वेपत्ता रहेको जानकारी आएको छ,’ प्रहरी नायव उपरिक्षक विष्टले भने, ‘मृत अवस्थामा फेला परेपछि मृतकका श्रीमान ओम साउँदसँग सोधपुछ भईरहेको छ । अहिले नै के–कसरी मृत्यु भयो भन्न सकिदैन ।’
यता मृतकका माईती पक्षले भने लक्ष्मीको हत्या नै भएको आरोप लगाएका छन् । मृतकका काका शिव साउदले लक्ष्मीको हत्या नै भएको बताउँदै भने, ‘घटनाको प्रहरीले सत्यतथ्य बाहिर ल्याउनपर्छ ।’

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15