पिपलचौतरा–स्याउने सडक खण्डको मर्मत कार्य सुरु
2020/07/28, 7:28
 
sadak

धनगढीको हसनपुर–पिपलचौतरा–घोडसुवा–स्याउले सडक खण्डको मर्मत कार्य सुरु भएको छ । बर्षातका कारण सडकमा खाल्टाखुल्टी हुदा सवारी आवागमनमा समस्या भैरहेको थियो । धनगढी –दिपायल फाष्ट ट्रयाक संघर्ष समितिको पहलमा हसनपुर –खुटीया–बिपीनगर –गडसेरा दिपायल फाष्ट ट्रयाक आयोजनाको कार्यालय बिपीनगरले सडकको मर्मत गर्न थालेको हो ।

धनगढी –दिपायल फाष्ट ट्रयाक संघर्ष समितिका संयोजक हेमबहादुर बिष्टले सडक मर्मतका लागि अनुरोध परियोजना कार्यालय संग अनुरोध गरेपछि मर्मतको काम सुरु भएको बताए ।

हसनपुर –खुटीया–बिपीनगर –गडसेरा दिपायल फाष्ट ट्रयाक निर्माणलाई गति दिनुपर्ने भन्दै गठन भएको संघर्ष समितिले संघ, प्रदेश सरकारलाई दवाव दिदै आएको संयोजक बिष्टले बताए । उनले भने, संघ र प्रदेश सरकारको बेवास्ताका कारण फाष्ट ट्रयाक निर्माणले गति लिन सकेको छैन ।

पूर्व भौतीक मन्त्री रमेश लेखकको कार्यकालमा लगाईएको ठेक्काको काम समेत राजनितिक खिचातानीले पुरा हुन सकेको छैन संयोजक बिष्टले भने, अहिलेका मन्त्री र सांसदहरु बजेट थप गरेको फुर्ति लगाउनमै बेस्त छन् ।