विषालु च्याउ खाँदा आमाको मृत्यु, दुई छोरीमध्ये एकको अवस्था गम्भीर
2020/07/28, 7:33
 
chau

शनिबार विषालु च्याउ खाँदा बिरामी परेकी महिलाको मंगलबार मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया बिस्ना धामीको मृत्यु भएको हो ।

यसअघि उनका ८ वर्षीय छोरा ललित धामीको विषालु च्याउ खाएरै आइतबार मृत्यु भएको थियो ।  जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा धामी परिवारका ५ जना सदस्य बिरामी परेका थिए ।

बिस्नाका छोरा ललित धामीको डडेल्धुरा अस्पतालमा उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने बांँकी तीन जना छोरीको सेती अस्पतालमै उपचार भइरहेको छ।

ती मध्ये एकको अवस्था गम्भीर भएकाले आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।