
बाजुराको बुढीगंगा नगरपालिकाको नजिकै रहेको गुईगाड खोलामा बाढी आउदा बुढीगंगा नदी थुनिएको छ । गुईगाड खोलामा पानीको सतह बढेपछी बुढीगंगा नदी ७५ प्रतिशत थुनिएको स्थानीय भरत बुढाले बताए ।

बुढिगंगा नदी ताप्रीसेरा बगरमा थुनिन थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए । नदी थुनीएपछि अछामको साफेँबगरसम्मका स्थानीयलाई सचेत हुन जिल्ला प्रहरी कार्यालय बाजुराले आग्रह गरेको छ ।
बुढीगंगा नदी थुनिएपश्चात अछामको साफेँबगर, बुढाबगर समेत असर पुग्न भएकाले सचेत रहन आग्रह गरेको प्रहरीले जानएको छ । यस्तै बाजुराको द्धावारीमा समेत नदी थुनिने खतरा बढेकाले स्थानीय त्रसित बनेका छन ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15