नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखाले मर्सिकोर नेपालको सहयोगमा कोरोना भाइरस रोग (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि समुदायस्तर बाटै पूर्वतयारी एवम् जनचेतनामुलक कार्यहरु गर्दै आइरहेको छ । कोरोना भाइरस संक्रमण विपद् जोखिम न्यूनीकरणका लागि समुदाय स्तरमा गठित सामुदायिक विपद व्यवस्थापन समितिहरु मार्फत समुदाय स्तमा जनचेतनामुलक संन्देश सहित पहिलो चरण र दोस्रो चरण गरी दुइ पटकमा २ हजार २ सय ३० घरधुरीहरुमा साबुन, मास्क, ग्लोब्स र स्यानेटरी प्याड वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीवाट परियोजना लक्षित घरधुरीहरुलाइ साबन ८ हजार ५ सय थान, स्यानेटरी प्याड २ हजार एक सय ११ थान, मास्क ६० प्याकेट, सेनिटाइजर ७२ थान, ग्लोव्स ७४ प्याकेट र टुथपेष्ट २१११ थान सामाग्रीहरु वितरण भएको नेरेसो एमरेड परियोजनाका डीआरआर सुपरभाइजर जनक लेखकले बताए ।
नेरेसो कञ्चनपुर जिल्ला शाखाले मर्सिकोर नेपालको सहयोगमा कंचनपुर जिल्ला दक्षिणी क्षेत्रका स्याली, सुनवरा, वनरा, मछेली र दोदा नदी प्रभावित कृष्णपुर नगरपालिका वडा नम्बर २ बनहरा, सत्यालफाटा, ४ वेलकुण्डी, ३ कटान र वडवैकाटोल, शुक्लाफाटा नगरपालिकावडा नम्बर २ ढकनिया, लक्ष्मीपुर, वडा नम्बर ३ पिपलाडि र जोनापुर, वडा नम्बर ११ कलुवापुर, वडा नम्बर १२ तिल्की, दुवहा र दमलपट्टि, लालझाडी गाउपालिका वडा नम्बर २ कञ्ज, वडा नम्बर ३ विचपट्टि, बल्मी, पर्सिया र नन्दगाँउ, वडा नम्बर ४ सिकलपट्टी, अग्लीपट्टी, चन्दापुर र खल्लाजाई समुदायहरुमा एमरेड परियोजना मार्फत विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
क्वारेन्टिन व्यवस्थापनका लागि सहयोग
क्वारेन्टिन व्यवस्थापनमा नगरपालिका र गाउँपालिकाहरुलाई बाहिरी सहयोगको आवश्यकता परेको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी एमरेड परियोजनाले शुक्लफाटा नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडि गाउँपालिकाहरुसँग त्यँहाको अवस्था र आवश्यकताको बारेमा वुझि क्वारेन्टिन व्यवस्थापनमा सहयोगका लागि पहिलो चरणमा आवास तथा सरसफाइका सामाग्रीहरु सेल्टर र हाइजिन वितरण गरेको थियो । सामग्रीहरु दोस्रो चरण गरी तिनै वटा पालिकाहरुमा दुई दुई पटक हस्तान्तरण गरेको छ । नेरेसोबाट परियोजनालक्षीत शुक्लाफाटा नगपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाहरुलाई पिफम ६ सय मिटर, कम्बल १ सय ५० थान, टर्च लाइट ९० थान, झूल २ सय २५ थान, पलाष्टिक वाल्टी १५०, मग १५० थान, डस्टविन ३० थान, सेनिटाइजर २२५ थान, मास्क ३९ प्याकेट, ग्लोव्स ९ प्याकेट, सावुन १५ सय थान र सेनिटरी प्याड ६० प्याकेट सामाग्रीहरु हस्तान्तरण गरिएको कुरानेरेसो कञ्चनपुर जिल्ला शाखाका सभापति टेकराज उप्रेतीले बताए ।
सार्वजनिक प्याडलयुक्त हातधुने पोइन्ट जडान
रेडक्रस सोसाइटीले बजार क्षेत्रलाई केन्द्रित गरी सार्वजनिक हातधुने पोइन्टको जडान गरेको छ । नेपाल रेडक्रस सोसाइटीले नगरपालिका र गाउपालिकाहरुसँग समन्वय गरी कृष्णपुर नगरपालिलका ५ गुलरिया बजार, वडा नम्बर २ वाणी वजार, शुक्लाफाटा नगपालिका ११ कलुवापुर बजार र वडा नम्बर १० झलारी बजार, लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्ज स्वास्थय केन्द्र र वडा नम्बर ४ प्राथमिक स्वास्थ्य केन्द सिकलपटिमा उक्त सामग्रीहरु जडान गरेकोे छ ।
पोइन्ट जडानका लागि ५ सय लिटर पानी टयांकी ६ थान, १२ थान वेसिन, १८ थान स्टेण्ड, ४ थान मोटर र अन्य सामागी्रहरु सहितको पोइन्ट जडान गरिएको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका एमरेड परियोजना कार्यक्रम संयोजक महेश घिमिरेले जानकारी दिए । पोइन्टको संरक्षणका लागि वडा कार्यालय, बजार व्यवस्थापन र अस्थाई प्रहरी चौकी सँग समन्वय एवं सहकार्य भएको छ ।
नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापनका लागि समुदाय स्तरमा पूर्वतयारी कार्यका लागि प्रतिकार्य योजना निर्माण, कार्यदलहरुको पूर्वतयारी बैठक, बाढी पूर्व सुचनाका लागि नदी एवं वर्षा मापनकर्ताहरुलाई प्रोत्साहनको व्यवस्था, पूर्न लाभका लागि बाढी प्रभावित घरधुरीहरुलाई उखु खेती विस्तारका लागि अनुदान लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । साथै रेडक्रसले विभिन्न क्षेत्रमा माटो तथा जमिन माँसिन नदिन जैविक तटबन्ध निर्माण गर्नुका साथै वृक्षारोपणका कार्यहरु पनि निरन्तर रुपमा गर्दै आइरहेको छ ।