सुदूरपश्चिममा सबैभन्दा कम दार्चुलामा कोरोना संक्रमित
2020/07/29, 8:14
 
corona

सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा पाँच सयभन्दा वढी संक्रमित पुग्दा आठ जिल्लामा कोरोना संक्रमितको संख्या तीन अंकभन्दा माथि रहेको छ । 

सुदुरपश्चिम प्रदेशको दार्चुलामा भने कोरोना संक्रमितको संख्या सवैभन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ । सवैभन्दा पछि गत असार २८ गते दार्चुलाका दिन जनमा कोरोना देखिएको थियो । त्यसपछि १६ दिनसम्म नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ११ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय १५, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरका पाँच सय १५, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ८३, बझाङका एक सय ८२ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।