कर्णाली नदीमा पानीको वहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । कर्णाली नदीमा पानीको वहाव ९ दशमलव तीन मिटरमा पुगेको भन्दै सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरिएको हो ।
ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक दिर्घवहादुर बोगटीले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए । उनले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताए । कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ। ९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटिय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ ।
कर्णालीमा पानीको सतह बढेमा कैलालीकै टीकापुर र बर्दियातिर बाढी हुने सम्भावना हुन्छ । तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।