कैलालीमा बर्षासंगै आएको बाढी गाउँ पस्दा सयौ घर डुवानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको पुर्वी क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।
घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयवासीले बताएका छन ।
सुदूरपश्चिम प्रदेशहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
हाल कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी बर्षा भईरहेको र थप बर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधर लगायतका नदीमा आकस्मिक बाढी आउने खतरा भएको समेत विभागले जानकारी दिएको छ ।