
बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले एक घर बगाएको छ । मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताए ।

उनका अनुसार एक घर पूर्णरूपमा बगाइसकेको र पाँच घर पहिरोका नजिक रहेकाले जोखिममा छन् । ताम्सुमा ५० घरपरिवार छन् । पहिरो निरन्तर बग्ने हो भने गाउँ नै जोखिममा रहने स्थानीयवासीले बताएका छन् ।
यता बूढीगङ्गा नदीले झोलुङ्गे पुल बगाएका कारण आवतजावतमा समेत समस्या भएको थापाले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/21, 10:34
2024/12/03, 6:09
2021/05/10, 8:44
2021/12/05, 10:34