
सुदूरपश्चिम प्रदेश सरकारद्धारा खरिद गरिएको पिसिआर मेसिन जिल्ला अस्पताल डोटीमा पुगेको छ । मेसिन मंगलबार जिल्ला अस्पताल डोटीमा पु–याईएको हो ।

दुई वटा ट्रकमा मेशिनहरु ल्याइएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र बिष्टका अनुसार मंगलबार पुगेको मेशिन २० गते सम्ममा जडान भईसक्ने छ ।
मेशिनले एकपटकमा ९६ नमुना परिक्षण गर्ने र दिनमा सातसय जति नमुना परिक्षण गर्ने क्षमता रहेको अस्पतालले जनाएको छ । प्रदेश सरकारले गत चैतमै डोटी,कञ्चनपुर र बैतडीमा पिसिआर परिक्षण शुरु गर्ने र त्यसका लागि पिसिआर मेशिन खरिद गर्ने निर्णय गरेको हो ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15