कैलालीमा बाढीको वितण्डा: सयौँ घर डुवानमा, चार जना वेपत्ता
2020/07/29, 4:26
 
badi

कैलालीका विभिन्न नदीमा आएको बाढि बस्तीमा पसेपछि सयौँ घर डुवानमा परेका छन् भने चार जना वेपत्ता भएका छन्। जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा चार जना वेपत्ता भएका हुन्। ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक जनक धामीका अनुसार ११ बर्षीय बालक स्केल चौधरीसहित चार जना वेपत्ता भएको जानकारी दिए।

अन्यको पहिचान हुन सकेको बताउँदै उनले भने, ‘थप दुई जनाको समेत वेपत्ता रहेकोमा उनीहरको सकुशल उद्धार गरिएको छ।’ वेपत्ता अन्यको खोजी कार्य जारी रहेको धामीले बताए।  कान्द्रा, काडा र पथरैया लगायतका नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन्। धनगढी उप–महानगर क्षेत्रमा रहेका खोला अतिक्रमणको चपेटामा परेपछि उप–महानगरमा पनि दर्जर्नाै घरमा पानी पसकेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकासं क्षेत्रमा बर्षा भईरहेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।