
बाजुराको बुढीगंगा नगरपालिका –१ अम्कोटमा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही गाउँका २१ वर्षीय धर्मराज पाध्याय रहेका छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायालले बताए।

बाख्रा चराउन गएको बेला माथिबाट आएको पहिरोमा परेर अन्य २ जना घाइते भएका छन्। घाइते हुनेमा १७ वर्षीय ज्ञानराज पाध्याय र १६ वर्षीय हरेन्द्र पाध्याय रहेका छन्। घाइतेहरुको तत्काल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ज्ञानराज पाध्यायको अवस्था गम्भीर र हरेन्द्र पाध्यायको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15