धनगढी उप–महानगरपालिका मेकानिकल सब–इन्जिनियरको कुर्सीमा दिसा भेटिएको छ । एक हप्ताअघि उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुखको कुर्सीमा दिसा राखेको भेटिएको थियो । मेकानिकल सव ईन्जिनियर सतवीर रानाले आफु बस्ने कुर्सीमा दिसा राखेको फेला पारेको बताए ।
कुर्सीमा दिसा भेटिने बित्तिकै रानाले प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा लगायतका कर्मचारीलाई खबर गरेका थिए । लगत्तै उनको कार्यकक्षमा पुगेका शर्माकै निर्देशनमा कार्यालय सहयोगी डबल चौधरीले कुर्सीको दिसा पखालेका थिए । प्रशासन तथा जनशक्ती विकास शाखा प्रमुख नारायण प्रसाद शर्माले भने सो विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।
गत हप्ता भेटिएको दिसा छानविनका लागि ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी गत साउन ९ गते सुचना अधिकारी सुरेन्द्र कार्कीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । साउन १६ गते समितिलाई दिईएको अवधि सकिदैछ ।