कैलालीमा बुधबार आएको बाढीले छ हजार तीन सय २० घर परिवार प्रभावित भएका छन् । कर्णाली, पथरैया, काँढा, कान्द्रा, मोहना लगायतका नदीमा आएको बाढीले जिल्लाको पूर्वी क्षेत्रमा बढी डुबान गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ घर डुबानमा परेको छ । यसैगरी, भजनी नगरपालिकामा दुई हजार एक सय ८०, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा आठ सय २५ घर परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2020/08/10, 10:48
2021/01/11, 7:40
2023/10/03, 2:12
2021/12/21, 1:48