सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा तीन वर्षमा साढे ६ सय भन्दा बढीको मृत्यु
2020/07/30, 2:25
 
acident

सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परी तीन वर्षमामा झण्डै ७ सय जनाको ज्यान गएको छ । ट्राफिक प्रहरीको तीन आर्थिक वर्षको तथ्यांकमा सवारी दुर्घटनामा ६ सय ६४ जनाको ज्यान गएको उल्लेख छ । ट्राफिक प्रहरीको तथ्यांक हेर्दा तीन आर्थिक वर्षमा १ हजार १ सय ७३ वटा विभिन्न सवारी साधन दुर्घटना परेका छन् भने ति घटनामा १ हजार ५ सय ३७ जना घाइते भएका छन् ।

गत आर्थिक वर्ष २०७६÷७७ मा सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनामा परि १ सय ४३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरिया निमित कार्यालय प्रमुख प्रहरी निरीक्षक मोहन बहादुर साउदले जानकारी दिए । गत आर्थिक वर्षमा सबैभन्दा बढी फागुन महिनामा २३ जनाको सवारी साधन दुर्घटनामा परि मृत्यु भएको छ भने बैशाख महिनामा सबैभन्दा कम ५ जनाको ज्यान गएको छ ।

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा २ सय ५४ जना गम्भिर घाइते र १ सय ६४ जना सामान्य घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । तीन आर्थिक वर्षको तुलना गर्ने हो भने सुदूरपश्चिम प्रदेशमा सबभन्दा बढी आर्थिक वर्ष २०७५÷०७६ मा सवारी दुर्घटनामा २ सय २३ जनाको मृत्यु भएको छ भने ४ सय ३४ जना घाइते भएका छन् । प्रदेश ट्राफिक कार्यालय अत्तरिया निमित कार्यालय प्रमुख साउदले आर्थिक वर्ष २०७४÷०७५ मा सुदूरपश्चिममा २ सय १९ सवारी साधन दुर्घटनामा परि १ सय ६६ जनाको मृत्यु भएको जानकारी दिए । त्यस आर्थिक वर्षमा दुर्घटनामा परि ३ सय ३८ जना घाइते भएका छन् । यसैगरी आर्थिक वर्ष २०७३÷७४ मा २ सय ५४ वटा विभिन्न सवारी साधन दुर्घटनामा परेका छन् ।

जसमा परि मृत्यु हुनेको संख्या १ सय ३२ रहेको साउँदले जानकारी दिए । ति दुर्घटनामा ३ सय ४७ जना घाईते भएका ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार तीन आर्थिक वर्षमा मोटरसाइकल,ट्रक,ट्रिपर,बस, माइक्रोबस,ट्याक्टर, टेम्पो, जिप र कार दुर्घटनामा परेका छन् ।