धनगढी उप–महानगरपालिकामा ८ सय ६० जनालाई सिप मुलक तालिम प्रदान गरिदै
2020/07/31, 7:08
 
talim

निड्स नेपालले यूरोपीयन यूनियन, ब्रीटिस काउन्सील संगको साझेदारीमा धनगढी उप–महानगरपालिकाले बजारमा आधारीत प्राविधीक तथा ब्यावसायीक सीप प्रवद्र्धन परियोजना सञ्चालन गर्ने भएको छ ।

निड्स नेपालले यूरोपीयन यूनियन, ब्रीटिस काउन्सील संगको साझेदारीमा धनगढी उप–महानगरपालिकामा बजारमा आधारीत प्राविधीक तथा ब्यावसायीक सीप प्रवद्र्धन परियोजना संचालन गर्न लागीएको हो । सिप मुलक तालीमका उद्देश्य, रणनिती र समेटिने क्षेत्रका बारेमा छलफल भएइसकेको उप–प्रमुख सुशीला मिश्र भट्टले बताइन् ।

बर्तमान अवस्थामा भारत लगायत बिभिन्न देशबाट कोरोनाका कारण स्वदेश फर्किएकालाई ब्यावसायीक सिप दिन आवश्यक रहेकोले प्राविधीक तथा ब्यावसायीक सीप प्रदान गर्न लागीएको उनले बताइन् । यस कार्यक्रम अन्र्तगत ८ सय ६० जनालाई सिप मुलक तालिम दिईने छ ।