उर्लियो कर्णाली ! बस्तीमा खतरा !
2020/07/31, 7:30
 
badi 1

मंगलबार राति देखिको लगातारको वर्षाले कैलालीमा कर्णाली नदीमा पानीको बहाव खतरा नजिक पुगेको छ। नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ। ९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गर्ने गरिएको छ।

3

2

4

खासगरी कर्णाली नदीमा पानीको बहाव बढेसँगै कैलालीको टीकापुर नगरपालिका र बर्दियाका केही बस्तीमा जोखिम बढेको छ।  तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

4

यस सँगै कैलालीको कान्द्रा, पथरैया र काँडा, नदीमा बाढी आएर पानी गाउँमा पसेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका बस्तीहरु डुबानमा परेका छन् ।