
कैलालीमा बुधबारको अबिरल बर्षा संगै आएको बाढीमा बेपत्ता भएका थप एक जनाको शब फेला परेको छ। बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्वर ८ का ४० बर्षिय ईश्वर शाहको आज शव आज फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले शाहको शब बेपत्ता भएको ठाउँबाट एक किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको बताए।
योसंगै जिल्लामा बाढीमा बगेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि बिहिवार भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको शव भेटिएको थियो। अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको प्रहरीले जनाएको छ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15