जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको महामारीबाट बच्न स्थानीय तहगत रुपमा सेवा प्रवाह गर्ने भएको छ।
प्रशासनले सूचना जारी गर्दै स्थानीय तहगत रुपमा सेवा प्रदान गर्ने कार्य तालिका सार्वजनिक गरेको छ। जस अनुसार आईतबार र सोमबार भीमदत्त, पुर्नवास र बेलौरी नगरपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ भने मंगलबार र बुधबार कृष्णपुर र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकाका सेवाग्राहीलाई सबै प्रकारका सेवा प्रदान गरिने प्रशासनले जनाएको छ।]
यस्तै बीहिबार र शुक्रबार बेदकोट र महाकाली नगरपालिका तथा बैलडाँडी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने जारी सूचनामा उल्लेख गरिएको छ। स्थानीय प्रशासनले कोरोना भाईरसको जोखिम बढिरहेकाले अर्को व्यवस्था नभए सम्मका लागि स्थानीय तहगत रुपमा तोकिएको दिन मात्र सेवा प्रवाह गरिने जनाएको छ।