
शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कार्यकक्षमै कुटपिट गर्ने सात जना शुक्रबार धरौटीमा रिहा भएका छन्। अभद्र व्यवहा सम्बन्धी मुद्दामा पक्राउ परेका सातै जना ५÷५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार धरौटी रकम बुझार रिहा हुनेमा वसन्त ठगुन्ना, कमानसिंह ठगुन्ना, नारद ठगुन्ना, विनोद ठगुन्ना, नवीन ठगुन्ना, आन्नद सिंह ठगुन्ना र लोकेन्द्र ठगुन्ना रहेका छन्।
धरौटीम छुट्ने सबै शुक्लाफाँटा–८ का बासिन्दा हुन्। गत आइतबार कार्यालयमै रहेका वडाध्यक्षमाथि सातै जनाले कुटपिट गर्नुका साथै कार्यकक्षमा तोडफोड गरेका थिए । कुटपिटपश्चात् प्रहरीले सातै जनालाई पक्राउ गरेको थियो।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15