१५ वर्षिया किशोरीमाथि जबरजस्ती करणी गर्नेलाई कारबाहीको माग गर्दा वडा अध्यक्षले ज्यान मार्ने धम्की दिएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष दीपक रावतले सोही वडाकी १५ वर्षिया किशोरीमाथी जबरजस्ती करणी गर्ने वडा कार्यालयका कर्मचारीलाई कारबाहीका लागि पहल गरेको भन्दै बाल सन्जालका पदाधिकारीलाई गाली गलौच गर्दै ज्यान मार्ने धम्की दिएका हुन ।
बाल सन्जालका पदाधिकारीले किशोरीलाई वडा कार्यालयका कर्मचारी नृप रावतले गत असार २४ गते राति सुतिरहेका बेला जवरजस्ती करणी गरेका थिए । जबरजस्ती करणी गरेको भन्दै बाल सन्जालका पदाधिकारीले वडा कर्मचारी रावतलाई कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय पुर्याएको भन्दै मदिरा सेवन गरी बाल सन्जालका पदाधिकारीलाई ज्यान मार्ने धम्की दिएको गाउँपालिका स्तरीय बाल सन्जालका अध्यक्ष मीन खड्काले बताए ।
पीडित किशोरी आफ्ना २ जना केटी साथीसंग सुतिरहेका बेला रावतले जबरजस्ती करणी गरेका थिए । पीडित किशोरीले जबरजस्ती करणी गरेको भन्दै कारबाहीका लागि प्रहरी कार्यालयमा निवेदन दिएकी छिन ।
वडाका जनप्रतिनिधिले घटना गाउँमै मिलाउनुपर्छ भन्दै दबाब दिएको बताउँदै बाल सन्जालका सदस्य मुकेश नेपालीले भने, हामीले जसरी पनि अपराधीलाई कारबाही हुनैपर्छ भनेर त्यो घटना जिल्ला प्रहरी कार्यालयसम्म पुर्यायौँ ।’ वडा अध्यक्षले आफ्नो मान्छेलाई फसाइदियौँ भन्दै गाली गलौच सहित ज्यान मार्ने धम्की समेत दिएका उनले बताए ।
ज्यान मार्ने धम्कीपश्चात बालसंजालका अध्यक्ष खड्काले गाउँपलिकाभरीका बालसंजालका पदाधिकारी सहितको समन्वयमा जिल्ला प्रहरी कार्यालयमा वडा अध्यक्षले ज्यान मार्ने धम्की र गालीगलौच गरेको भन्दै कारबाहीको माग सहित उजुरी दर्ता गरेको बताएका छन् ।