
कैलालीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिंदा एकजना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा बा १ झ ९२५० नम्बरको जिल्ला प्रशासन कार्यालय बझाङको गाडीले बा ३२ प ६४५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजना घाईते भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईते हुनेमा मोटरसाईकल चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी रहेका छन्। दाया खुट्टामा चोट लागेका उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। दुर्घटना लगत्तै सरकारी गाडीका चालक र अन्य सवार फरार रहेका प्रहरीले जनाएको छ।
द्युर्घटनापछि गाडी निकाल्ने क्रममा पूर्वपश्चिम राजमार्गमा जाम भएको छ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15