
कञ्चनपुरको महाकाली नदीमा बाढी आउना साथ दाउरा संकलन गर्नेहरुको भीड लाग्ने गरेको छ । दैनिक सयौंको संख्यामा युवाहरु ज्यानै जोखिममा राखेर नदी किनारमा दाउरा निकाल्न व्यस्त देखिन्छन् ।

लकडाउनसंगै रोजगारी गुमेपछि उनीहरु उर्लदो भेलमा हामफाल्दै दाउरा संकलन गर्न बाध्य छन् । अहिले महाकाली नदीमा दैनिक सयौंको संख्यामा दाउरा संकलन गर्न पुग्ने गर्छन् । जव वर्षा हुन्छ र नदीको सतह बढ्छ, उनीहरु नदी किनारमा पुग्छन् ।
अनि भंगालोमा पौडिदै दाउरा संकलन गर्छन् । संकलन गरिएको मुढा चिरेर उनीहरुले दाउरा बेच्ने गरेका छन् । लकडाउनका कारण घर खर्च चलाउन पैसा नभएपछि गुजाराकै लागि जोखिम मोल्न बाध्य बनेको उनीहरु बताउँछन् ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/12, 4:08
2021/05/22, 11:16
2021/12/27, 5:28
2023/01/08, 4:57