कैलालीका बाढी पीडितका लागि राहत हस्तान्तरण
2020/08/02, 1:19
 
rahat

मानवीय सेवामा खटिदै आएको रोटरी क्लब अफ धनगढीले शनिबार कैलालीको भजनी नगरपालिकामा बाढीका कारण विस्थापित २ सय परिवारका लागि राहत हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ धनगढीले, घरबार छोडेर विस्थापित भएका २ सय परिवारका लागि प्रति परिवार १० किलो चामल, २ किलो दाल, एक किलो नुन, साबुन सहितको सामान जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीलाई हस्तान्तरण गरिएको, क्लबका उपाध्यक्ष डाक्टर प्रतिक्षासिह राठौरले जानकारी दिईन । 

दुई सय जनाका लागि पाईएको सो राहत सामाग्री क्लबका पुर्व अध्यक्ष डाक्टर गणेशबहादुर सिहले हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लबका चार्टर प्रसिडेन्ट प्रकाश भट्ट, पुर्व अध्यक्ष हरिशंकर ठाकुर, पुष्कर ओझा सहितका रोटरीयनहरुको सहभागिता रहेको थियो । बाढीका कारण कैलालीको भजनी नगरपालिकाका भरीमा ५ सय भन्दा बढी परिवार हुलाकी सडकमा त्रिपाल टागेर बसेका छन । रोटरी क्लब अफ धनगढीले, शुक्रबार मात्रै चिउरा चाउचाउ बाढी प्रभावित क्षेत्र पठाएको थियो ।

राहत वितरण एकद्धार प्रणालीबाट मात्र दिन पाईने भएकाले रोटरी क्वब अफ धनगढीले जिल्ला प्रशासन कार्यालय कैलालीलाई बुझाएको हो । सो राहत सामाग्री शनिबार नै प्रभावित क्षेत्र पठाईएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।