कैलालीका बाढी पिडीतलाई राहत
2020/08/02, 4:16
 
Badi

कैलालीका बाढी पिडीतलाई कैलाली उद्योग वाणिज्य संघ र ग्लोबल आइएमई बैंकले राहत सामग्री सहयोग गरेको छ। बाढी प्रभावित क्षेत्रको अनुगमन गरी भजनी नगरपालिकालाई राहत उपलब्ध गराइएको हो।

अध्यक्ष कुँवर र ग्लोबल आइएमई बैंक सुदूरपश्चिम प्रमुख मुकुन्द प्रशाद भट्टले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको उपस्थितीमा भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

बाढी प्रभावित भई सडकमा रात कटाइरहेका नागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए। जिल्ला प्रशासन कार्यालयको आग्रहमा ग्लोबल आइएमई बंैकसँग सहकार्य गरी डेढ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको उनले बताए।  

राहत सामग्री बुझ्दै भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले उद्योग वाणिज्य संघ र ग्लोबल आइएमई बैंकप्रति आभार प्रकट गरिन।