सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या एक सय २८ पुगेको छ। आईतवार दुई जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या एक सय २८ पुगेको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर ३ र ५ का एक÷एक पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए।
धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढी उप–महानगरपालिकाको वडा नम्वर १ का सात, २ का चार, ३ का पाँच, ४ का एक, ५ मा १०, ६ का तीन र वडा नम्वर ७ का चार जनामा संक्रमण पुष्टि भएको बताए।
यस्तै वडा नम्वर ८ का ६, ९ का १३, १० का तीन, ११ का ६, १२ का २५, १३ का दुई, १४ का १२, १५ का ६, १६ का एक, १७ का एक, १८ का १२ र १९ का दुई जनामा संक्रमण पुष्टि भएको उनले बताए।
संक्रमण पुष्टि भएका एक महिलाको मृत्यु भईसकेको छ भने २० जनाको आईसोलेसनमा उपचार भईरहेको छ। दुई जनालाई रेफर गरिएको बताउँदै बाँकी कोरोना मुक्त भएर घर फर्किएको जनस्वस्थ्य निरिक्षक उपाध्यायले बताए।