सुदूरपश्चिम प्रदेश सभाकी सदस्य अम्बी थापालाई ठक्कर दिएको आशंकामा प्रहरीले एक जना मोटरसाईकल चालकलाई पक्राउ गरेको छ । प्रहरीले धनगढी चौराहास्थित बागेश्वरी रिकण्डसिन हाउसमा काम गर्ने एक जना व्यक्तिलाई आज साँझ ६ बजे पक्राउ गरेको हो । प्रहरीले धनगढी उपमहानगरपालिका– ७ मोतीचौक बस्ने २८ वर्षीय लोक बहादुर बोहरालाई प्रदेश सभा सदस्य थापालाइ ठक्कर दिएको आरोपमा पक्राउ गरेको हो । उनलाई चौराहास्थित बागेश्वरी रिकण्डसिन हाउसबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रदेश सभा सदस्य थापालाइ ठक्कर दिने मोटरसाईकल सहित त्यसको चालक बोहरालाई पक्राउ गरेको पुष्टि गरेको छ । यद्दपि भेरिफाई गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर रुपमा घाईते भएकी थापालाई उपचारका लागि हिजो राति १० बजे सेनाको नाईटभिजन हेलिकोप्टरले उद्दार गरी काठमाण्डौं लगेको थियो । प्रहरीले पक्राउ गरेको बोहराले प्रदेश सभा सदस्यलाई ठक्कर दिएको स्वीकार गरिसकेका छन् । धनगढीका बिभिन्न स्थानमा रहेका सीसीटीभी फुटेजका आधारमा प्रहरीले आज साँझ उनलाई पक्राउ गरेको हो ।