ब्राउन सुगर सहित दुई जना भारतीय नागरिक
2020/08/02, 9:18
 
Ddlagu

प्रहरीको क्षेत्रीय अनुसंधान समुहले (आराइटी) लागु औषध ब्राउन सुगर सहित २ जना भारतीयलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कंचनपुर र आरआइटीको संयुक्त टोलिले कंचनपुरको भारतीय सीमासंगै जोडिएको बेलौरी नगरपालिका १० घोडाघाटबाट २२ दशमलव ९ ग्राम ब्राउन सुगर सहित भारतको पिलिभित जिल्ला थाना हजारग्राम कम्बोझ नगर गाउँ पतैयाका गोबिन्द सिंह (२२) र सोहि ठाउँका रामबिर सिंह (२३) का दुई जनालाई पक्राउ गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले बताए ।

यति धेरै परिणाममा ब्राउन सुगर समातिएको पहिलो पटक हो ।बिशेष सुराकीको आधारमा सीमा क्षेत्रमा लागु औषध कारोबारी भारतीय नागरिक पक्राउ गर्न सफल भएको डिआइजी सुबेदीले बताए । उनीहरुले धनगढी, महेन्द्रनगर देखि नेपालगन्जसम्म कारोबार गरिरहेको जानकारी आएको डिआइजी सुबेदीले बताए ।