विगत एक सातादेखि चर्चामा रहेका शुक्लाफाँटा नगरपालिकामा हुलिएका छाडा चौपायाले अब बासस्थान पाउने भएका छन्। छाडा चौपायाको व्यवस्थापनका लागि नगरपालिका र ९ नम्बर वडा कार्यालयबीच सम्झौता भएपछि छाडा चौपायाको बासस्थान टुंगो लागेको हो।
कृष्ण माध्यामीक विद्यालयमा बनाईएको क्वारेन्टाईनमा चौपाया हुलिदिएपछि यसअघि विरोध हुदै आएको थियो। क्वारेन्टाईनमा बसेकाले चौपायाले सास्ती भएको गुनासो गर्दे आएका थिए। बासस्थानको टुंगो लागेपछि पछि शुक्लाफाँटा नगरपासलका–१०मा रहेको श्री कृष्ण माविमा २ सय ७५ गाईगोरू ९ नम्बर वडामा लगीएको वडा अध्यक्ष रमेश ऐरले जानकारी दिए।
९ नम्बर वडामा सबै सरोकारवालाको प्रतिनिधित्व हुने गरी सामुदायिक छाडा चौपाया व्यवस्थापन समिति गठन गर्ने, गौशालामा तारबार, आरसिसी, काँडेतार पिल्लर तथा अन्य संरचनाको निर्माण गर्ने, हाल नगरपालिका परिसरभित्र रहेका पशु चौपायालाई व्यवस्थापन गर्ने सम्झौता भएको छ।
यस्तै, खानेपानीको व्यवस्थापन गर्ने, व्यवस्थापनमा खटिएका हेरालालाई खाना र आवासको व्यवस्था गर्ने, हेरालालाई अनिवार्य विमा गर्ने, प्राङ्गारिक मलको उद्योग र वायोग्यास प्लान्ट सञ्चालन गर्ने लगायतका विषयमा सम्झौता भएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताए।
गत सोमबार स्थानीय तथा हेरालाले छाडा चौपायाहरु ८ नम्बर वडाबाट ल्याएर नगरपालिकाको परिसरभित्र हुलिदिएका थिए। तीमध्ये २ वटा गाई खान नपाएर मरेका थिए। पहिले चौपाया व्यवस्थापन गरिरहेको सो वडाले नमानेपछि ९ नम्बर वडाले व्यवस्थापन जिम्मेवारी लिएको हो।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2023/11/30, 11:34
2020/06/06, 9:54
2020/10/08, 1:28
2021/02/26, 8:59