
मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका धनगढीका दुई किशोरको शव भेटिएको छ। धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का स्थित मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव भेटिएको हो।

वडाध्यक्ष विजयराज जोशीले बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दुरीमा किशोर मृत फेला परेको बताए। उनीहरुको शव परीक्षणका लागि अस्पताल पठाउने तयारी भईरहेको वडाध्यक्ष जोशीले बताए।
किशोर वेपत्ता भएदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र वडाध्यक्ष जोशी लगायतका जनप्रतिनिधि तथा स्थानीयले उनीहरुको खोजी कार्य जारी राखेका थिए।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 12:49
2020/09/11, 5:55
2022/07/17, 2:55
2023/11/28, 8:45
2021/02/24, 10:09