जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको स्वाबको रिर्पाेट अझै आएको छैन । दार्चुलाको व्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको थियो ।
श्वास फेर्न गाह्रो भएको र ज्वरो आइरहेको भन्दै उनी आइतबार अस्पतालमा भर्ना भएका थिए । उनको सोमबार राति १ बजे मृत्यु भएको थियो । मृत्यु पछि उनको स्वाब संकलन गरिएको थियो प्रमुख जिल्ला अधिकारी शरद कुमार पोख्रेलले जानकारी दिए । उनले रिर्पाेट भने नआएको बताए । ‘ मृतकको रिर्पाेट अहिले सम्म आएको छैन’ उनले भने ‘सायद साँझ सम्म आउँला ।’
पिसिआर रिर्पाेट आउन ढिला हुँदा अहिले पनि उनको शव अस्पतालमै छ । रिर्पाेट आएपछि मात्रै शवको व्यवस्थापन गर्ने भनेर अस्पतालमा राखिएको जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गजेन्द्र दुवालले बताए ।
‘स्वाब संकलन गरेर डडेल्धुरा प्रयोगशालामा पठाइएको छ’ उने भने‘ रिर्पाेट आएपछि शवको व्यवस्थापन गर्छौ ।’